Milestones

 

 

            Date

E-Date

Overview

2067.05.14

 

Madhyapur Hospital(MH) is register in the Office of the
Company Registrar with Reg.No.75628

2067.06.13

 

MH is  register in Internal Revenue Department,Bhaktapur  with
PAN No. 304501083


2067.06.21

 

District Public Health Office(DPHO),Bhaktapur recommends
MH for the approval from the Ministry of Health and Population.

2067.06.24

 

Madhyapur Muncipality provides the Approval Letter
(Trade Liscence) with authorized capital of one crore.

2067.07.01

 

MH runs experimental service for the first time.

2067.08.06

 

MH gets Permission Letter from Ministry of Health and Population(MoHP)

2067.09.16

 

MH is shortlisted as a  Safe Abortion Center in the
Department of Healh Service

2067.10.05

 

MH conducts  interaction program with DPHO and health post

2067.10.06

 

MH gets the approval letter for Prolapse Surgery

2067.09.16

 

MH commence all the services related to
Family Planning, Safe Motherhood and Immunisation programs supported by Government of Nepal.

2068.03.10

 

DPHO provides Letter of Recommendation for affiliation of 100 bedded hospital.

2068.04.26

 

Madhyapur Muncipality recommends for
approval of MH as a 100 bedded Facility.

2068.06.02

 

MH gets Letter of Approval  of IEE  from MoHP

2068.06.26

 

MH transforms from sole proprietership to Joint Company with authorised capital of 5 crore consisting Issued capital of 3.75 Crore  and Paid up capital with 3.5 crore.

2068.07.01

 

MH celebrates First Anniversary with Chief District Administration  Officer Mr.Keshav Raj Acharya as a Chief Guest.

2069.04.30

 

Request letter for approval of 100 bedded hospital.

2069.03.01

 

MH starts BLOCK B Building

2069.03.01

 

MH  commences Service as a  Birthing Center

2069.12.01

 

MH commences Subfertility Counselling Service

2070.03.26

 

MH  gets the authorised capital of
10 Crore approved.

2070.05.01

 

MH  commences IUI Lab Service

2070.05.24

 

MH purchases  Land for Hospital of 3300 Sqft.

2070.06.01

 

MH launches CT Scan for the first time in Bhaktapur.

2070.07.10

 

MH starts IUI Lab

2070.08.10

 

MH starts Opthalmology and Spectacle Services.

2070.10.21

 

MH inagurates program for construction
of own building

2070.12.24

 

MH starts parking area adjoining  
Block B Building

2071.02.26

 

MH gets Letter of Approval for
Construction of MH Building.

2072.01.12

 

MH provides service from its own earthquake
resistant building.

2072.07.01

 

MH celebrates  the Fifth Anniversary
and inagurates the new building by former
Finance Minister and former Minister of
Foreign Affairs Dr Ram Sharan Mahat
.(Global Finance Minister of the Year 2016 &Asia Pacific Finance Minister of the Year 2016)

2072.09.02

 

MH gets Letter of Renewal from
Department of Health.

 

News & Event

  • image बहिरोपनको समाधान कक्लियर इम्प्लान्ट
    डा. रबिन्द्रभक्त प्रधानाङ्ग
    विभिन्न कारणले कान कम सुन्ने हुन्छ जसको उपचारबाट सुन्न शक्ति पुन प्राप्त गराउन सकिन्छ । तर कानको भित्रि भागमा समस्या भई पुरै नसुन्ने भएमा साधारण उपचार वा मेसिन (हियरिंग एड)को प्रयोगबाट सुन्न शक्ति पुन प्राप्त गराउन सकिदैन । नेपालको सन्दर्भमा प्राय यस्ता समस्याले ग्रस्त मानिसहरु बहिरो भएर बस्न वाध्य छन् । तर बहिरोपन माथि विज्ञानले जित हासिल गरिसकेको अवस्थामा पनि हाम्रो समाजमा बहिराले पढ्न, संवाद गर्न, श्रम गर्न आदि जस्ता सामान्य दैनिक कार्यमा अझै पनि अपहेलना झेल्नु परिरहेको छ ।
    कुनै कारणबश कान पटक्कै नसुन्ने भएमा त्यसको समाधान छैन र ?चोटपटक, ट्युमर, भित्री कानको रोग वा उमेरको कारणबाट सुनाइ शक्ति गुम्दा बजारमा पाइने मेसिन (हियरिंग एड)को प्रयोगबाट सुनाइमा उपलब्धि हन सकेन भने बाँकी जीवन बहिरो भएर बाच्न पर्ने हो त ?कतिपय नवजात शिशुहरु जन्मेजात बहिरो भएका कारण जिन्दगीभर बहिरो तथा लाटो भएर समाजबाट तिरस्कृत र अपहेलित भएर बस्नुपर्ने अवस्थाको समाधान छैन त ?समाजमा बहिरोपनलाई हाँसोको पात्रो रुपमा लिन्छन् तर बहिरो भएर बाच्ने व्यक्तिको पिडालाई हाम्रो समाजले किन नियाल्न सकेको छैन ?
    सुन्नै नसक्ने व्यक्तिलाई सुन्न सक्ने बनाउन नयाँ नयाँ प्रविधिहरु यो आधुनिक संसारमा एकपछी अर्को आविस्कार हुंदैछ । प्रायःजसो बहिरोपनको समाधान संसारभर उपलग्ध भइसकेको अवस्थामा पनि नेपालमा अझै किन यो समस्या विगतमा जस्तै यथावत छ त ?यसको कारण नियाल्दा, जनमानसमा बहिरोपन तथा कानको रोगबारे चेतनाको अभाव नै मुख्य देखिन्छ । अन्य कारणमा यसको उपचारमा लाग्ने महंगो शुल्क, आवश्यक दक्ष जनशक्तिको कमि तथा उपचार पश्चात गरिनु पर्ने आवश्यक स्याहारको राम्रो व्यवस्था नहुनुलाई लिन सकिन्छ । विभिन्न आधुनिक प्रविधिहरु मध्ये सुन्न नसक्ने व्यक्तिलाई सुन्न सक्ने बनाउने संसारमा अत्याधिक प्रयोगमा आएको यन्त्र हो कक्लियर इम्प्लान्ट
    के हो त कक्लियर इम्प्लान्ट?                                                                        “कक्लियर इम्प्लान्ट”मानव कानले जस्तैसुनाइको काम गर्ने एक आधुनिक यन्त्र हो । यसको दुईवटा भाग हुन्छन् । एउटा भाग अपरेसन गरेर कानको पछाडि छाला भित्र हड्डीमा जडान गरी तार युक्त ईलेक्ट्रोडहरुलाई कानको भित्री भाग कक्लियामा राखिन्छ । अर्को भागलाई स्पीच प्रोसेसर भनिन्छ जुन छाला वाहिर रहन्छ र चुम्बकद्वारा भित्री भागसंग जोडिन्छ । बाहिर जडान गरिएको भागमा माइक्रोफोन हुन्छ जसबाट वातावरणको आवाज स्पीच प्रोसेसरसम्म पुग्दछ । स्पीच प्रोसेसरले विभिन्न ध्वनि शक्तिलाई विभाजित गरी भित्र जडान गरिएको इम्प्लान्टमा रेडियोफ्रिक्युयन्सि सिंनलबाट पठाइन्छ । यसरी आएका ध्वनी शक्ति भित्र जडान गरिएको इम्प्लान्टबाट विद्युतिय (ईलेक्टिकल) शक्तिमा परिणत हुन्छ जुन कक्लियामा राखिएको ईलेक्ट्रोडहरुसम्म पुग्दछ । त्यहांबाट यी विद्युतिय सूचना नशा (कक्लियर नर्भ) मार्फत दिमागसम्म पुग्दछ र आवाज सुनिन्छ । आवाजको पहिचान दिमागमा हुन्छ । यसरी “कक्लियर इम्प्लान्ट”ले कानको खराब भइसकेको भित्री भाग कक्लियालाई बाइपास गरी आवाजलाई दिमागसम्म पु¥याउँछ ।
     
     
    कस्ता व्यक्तिलाई फाईदा गर्छ ?
    १)       जन्मजात कान नसुन्ने व्यक्तिमा बोलीको विकास हुँदैन र सदा बहिरो तथा लाटो भएर बस्नुपर्ने हुन्छ । आफ्नो विचार आदान प्रदान गर्न सांकेतिक भाषाको प्रयोग र दोभाषेको भर पर्नुपर्ने हुन्छ । तर यो समस्याको पहिचान बेलैमा भयो भने कक्लियर इम्प्लान्ट अपरेसन गरेर सुन्न सक्ने बनाउन सकिन्छ र वोलि विकासको तालिम दिएर बोलि लगायत भाषाको विकास गर्न सकिन्छ । यसबाट बहिरो तथा लाटो हुने व्यक्ति सक्षम व्यक्तित्वमा रुपान्तर हुन मद्दत पुग्छ । कक्लियर इम्प्लान्ट अपरेसन ३ वर्षको उमेरभन्दा अगाडि गरिएमा बोलि विकास राम्रो हुन्छ । ६,७ वर्षको उमेरसम्ममा दिमागको नयाँ विकास गर्ने क्षमता (न्यूरल प्ल्यास्टिसिटि) गुमाइसकेको हुनाले ६,७ वर्षको उमेरपछी यो अपरेसनबाट सुन्नमा मद्दत गरे पनि बोलिको विकास राम्रो हुन सक्दैन ।
    २)       सामान्य सुनाइ भई बोलिको पूर्ण विकास पश्चात बहिरो भएको खण्डमा कक्लियर इम्प्लान्टबाट सुन्ने क्षमता फर्काउन सकिन्छ । चोटपटक, ट्युमर, भित्री कानको रोग वा उमेरको कारणबाट सुनाइ शक्ति कम भएर हियरिंग एडको प्रयोगबाट सुनाइमा उपलब्धि हुन सकेन भने कक्लियर इम्प्लान्ट नै यसको सही समाधान हो । मेनिनजाइटिस भएर कान नसुन्ने भएमा सकेसम्म चाँडो कक्लियर इम्प्लान्ट अपरेसन गर्नुपर्ने हुन्छ । ढिलो भएमा अपरेसन जटिल हुनसक्छ र  कक्लियर इम्प्लान्टको प्रयोगबाट हुने फाइदामा कमि आउन सक्छ । कक्लियर इम्प्लान्टबाट सुनिने इलेक्ट्रोनिक आवाज अलि फरक किसिमको हुने भएकोले अपरेसन पश्चात केहि हप्ता तालिमको आवश्यकता पर्छ ।
     
     
    कस्ता व्यक्तिलाई फाईदा गर्दैन ?
    कानको भित्री भाग कक्लिया नबनेको अवस्थामा तार युक्त ईलेक्ट्रोडहरु राख्ने ठाउं हुँदैन र कक्लियर इम्प्लान्ट अपरेसन सम्भब हुँदैन । कानको भित्री भाग कक्लियामा राखिएको ईलेक्ट्रोडहरुसम्म पुगेको विद्युतिय सूचनालाई दिमागसम्म पु¥याउने नशा (कक्लियर नर्भ) नभएको वा काम नगरिएको अवस्थामा पनि कक्लियर इम्प्लान्टबाट फाईदा हुँदैन ।
     
    के यो विधि निक्कै महंगो छ त?
    मध्यम वर्गीय परिवारको लागि लाख रुपियाँ पनि निकै धेरै लाग्छ । १० लाखभन्दा माथि खर्च गर्नु प¥यो भने पक्कै ४, ५ पटक सोच्नुपर्ने हुन्छ । यो प्रविधिले नेपालमा स्थान कम पाउनाको प्रमुख कारण महंगाई पनि हो । तर यसको प्रयोग पछी जीवनमा आउने परिवर्तनलाई हेर्दा यसलाई विश्वले महंगो मान्दैन ।
     
    एक किसिमको अपांगतामाथि विजय प्राप्त गरेको विज्ञानको उपलब्धिलाई कसरी नेपालमा सहज बनाउन सकिन्छ भनी सरकारी निकायबाट पनि ध्यान दिन आवश्यक छ । धेरै जसो विकसित राष्ट्रहरुमा स्वास्थ्य विमाबाट खर्च पूर्ति हन्छ  । भारतको तामिल नाडू राज्यमा निम्न आर्थिक वर्गका ६ बर्ष मूनिका बहिरा बच्चाहरुको लागि सम्पूर्ण सरकारी खर्चमा कक्लियर इम्प्लान्टको सुविधा छ । यसलाई एउटा उदाहरणको रुपमा लिन सकिन्छ । सुस्त श्रवण तथा अन्य कारणबाट अपांग भएकालाई विशेष सुविधामा जोड दिनुका साथै निकट भविष्यमा बहिरोपन उन्मूलन गर्ने कुनै पाइला पनि अगाडि सार्न जरुरी छ ।                  

    See more...

  • image यस मध्यपुर अस्पताल प्रा लि मा नेपालको प्राइभेट अस्पतालमै प्रथम पटक नेपाली नाक कान घाँटिको विशेषज्ञ डाक्टर एवँ Cochlear Implant Surgeonडा रविन्द्र भक्त प्रधानाङ्गद्वारा जन्मजात कान नसुन्ने विरामीहरुलाइ कान सुन्न सक्ने वनाउने Cochlear Implant Surgeryयहि २०७४।०२।२७ गते विहान सफलतापुर्वक सम्पन्न भएको छ । यो सर्जरीसँगै नेपालमा कान नसुन्ने विरामीहरुलाइ समेत कान सुन्न वनाउन सकिने प्रविधी भित्रिएकोले सम्पूर्ण सेवाग्राहिहरुलाइ यस अस्पतालमा सो सेवा सुरुवात भएको सहर्ष जानकारी गराउँदछौँ । 
    यो सर्जरीवाट हालसम्म नेपालमा ८५ जना विरामीहरु लाभान्वित भइसकेका छन । नेपालको टिचिङ्ग अस्पतालमा मात्र सो शल्यकृया सेवा उपलव्ध भइरहेकोमा अवदेखि यस अस्पतालमा समेत सो सेवा उपलव्ध भएको जानकारीगराउँदछौँ  । 
    यस अस्पतालमा पनौती निवासी श्री सुमन सुन्दर सैँजुको २७ महिनाको छोरा श्री जोसन सैँजुको कानको करिव डेढ घण्टाको सफलतापूर्वक Cochlear Implant शल्यकृया सम्पन्न भएको हो । यो शल्यकृया पश्चात विरामीले ३ हप्ता पश्चात मेशिनको Switch On गरे पश्चात कान सुन्न सक्नेछन ।

    See more...

Copyright 2014. Powered by Essence Technologies